
विराटनगर । प्रेस चौतारी नेपाल ओखलढुंगाको अध्यक्षमा प्रवीण मुनाल सर्वसम्मत चयन भएका छन् ।
चौतारीको शुक्रबार सम्पन्न पाँचौं जिल्ला अधिवेशनबाट मुनालको नेतृत्वमा नयाँ कार्यसमिति बनेको हो । उपाध्यक्षमा यामुलाल ढकाल, महिला उपाध्यक्षमा देवीका राई, सचिवमा कृष्णजीत राई, सहसचिवमा लक्ष्मी बानिया र कोषाध्यक्षमा राधा बानिया चयन भएका छन् ।
उद्धवराज राई, सजिना राई, रसिलामाया राई, पासाङ तामाङ र सागर उपकार सदस्य चुनिएका छन् । केन्द्रीय प्रतिनिधिमा ईश्वर तामाङ र प्रदेश प्रतिनिधिमा रविन श्रेष्ठ तथा सरस्वती बानिया चयन भएका छन् ।

























