
झापा । प्रेस चौतारी नेपाल झापाको अध्यक्षमा प्रदिप परियार चयन भएका छन् । अध्यक्षतासहित जिल्ला कमिटी सर्बसम्मत चयन भएको छ । पत्रकार महासंघ झापाको सचिवसमेत रहेका परियार इजलास दैनिकका सम्पादक हुन् ।
कमिटीको उपाध्यक्षमा राजु पोखरेल र महिला उपाध्यक्षमा सुनिरा मैनाली चयन भएका छन् भने,सचिवमा युवराज आचार्य, सह–सचिवमा राम निरौला समावेशी सह–सचिवमा तिलक योन्जन तामाङ र कोषाध्यक्षमा सरोज भट्टराई सर्वसम्मत चयन भएका छन् ।

जिल्ला कमिटीका सदस्यहरुमा अस्मिता साँखी, नविन योगी, भरत प्रसाई, इशा प्रधान, तीर्थ तिम्सिना, प्रकाश बाँनियाँ, सोम मंग्राती, रबिकिरण बान्तवा, कबिचन्द्र गुरागाई र किशोर उपरकोटी सर्वसम्मत चयन भएका छन् ।
नवनिर्वाचित सम्पूर्ण पदाधिकारी र सदस्यहरुलाई संगठनका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले सपथग्रहण गराएका थिए । प्रेस चौतारी नेपाल झापाका अध्यक्ष मनकुमार गदालको अध्यक्षतामा भएको कार्यक्रममा चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्य रहेको थियो ।

























