मोरङमा अल्पसंख्यक समुदायलाई प्रहरीले बाँड्यो न्यानो कपडा

Share this
672shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १२, शनिबार ०६:४४

विराटनगर । प्रहरी सेवामा कमजोर पहुँच भएका, जोखिममा परेका र अल्पसंख्यक समुदायलाई प्रहरीले मोरङको रंगेली नगरपालिका–२ मा न्यानो कपडा वितरण गरेको छ ।

केही दिनयताको शीतलहरले जनजीवन प्रभावित भइरहेका बेला जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय रंगेली र मंगलबारे टोल विकास समितिको सक्रियतामा विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार रंगेली–२ स्थित महेन्द्र माध्यमिक विद्यालय परिसरमा शुक्रबार कपडा वितरण गरिएको हो ।

चिसोको समयमा आर्थिक अवस्था कमजोर भएर कपडा किन्न नसकेकाहरुले प्रहरीको सहयोगबाट केही राहत महसुस गरेका छन् । कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजन अधिकारी, मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियालगायतले कपडा वितरण गरेका हुन् ।

न्यानो कपडा वितरण कार्यक्रममा जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, विद्यालय शिक्षक, विद्यार्थी, विभिन्न संघसंस्थाका प्रतिनिधिलगायत सहभागी थिए । डीएसपी जोशीका अनुसार ७० थान कम्बल वितरण गरिएको हो ।

उक्त कम्बल गोरधनदास कमलावती परोपकारी प्रतिष्ठान विराटनगरका अध्यक्ष एवं उद्योगी जगदीश अग्रवालले सहयोग गरेका थिए । अन्य ठाउँमा चिसोका कारण पीडित बनेकाहरुलाई समेत न्यानो कपडा उपलब्ध गराउने योजना रहेको प्रहरीले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.