
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा अध्यादेशको पक्षमा उभिन नेपाली कांग्रेसले आफ्ना सांसदलाई निर्देशन दिएको छ ।
कांग्रेस शीर्ष नेतृत्वले पार्टीलाई सदनभित्र र बाहिर अध्यादेशको पक्षमा एकढिक्का हुन निर्देशन दिएको हो ।
संसदीय दलको कार्यालयमा सरकारमा सहभागी आफ्ना मन्त्रीहरूसँगको छलफलको क्रममा कांग्रेस शीर्ष नेतृत्वले सरकारले ल्याएका अध्यादेशको पक्षमा एकढिक्का रहेको सन्देश दिन निर्देशन दिएको हो ।
संसद् छलेर एकपछि अर्को अध्यादेश ल्याएपछि कांग्रेसकै नेताहरुले सरकारको आलोचना गरेका थिए । तर, शनिबारको बैठकले अध्यादेश वर्तमानको बाध्यात्मक आवश्यकता रहेको बताउँदै एकढिक्का हुनभनेको हो ।
पार्टी सभापति शेरबहादुर देउवाले सरकारले ल्याएका अध्यादेशका बारेमा आसन्न संसद्भित्र र बाहिर पनि एकढिक्का भएर प्रस्तुत हुन निर्देशन दिए ।
























