
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज (आइतबार) बस्ने भएको छ ।
सिंहदरबारस्थित पार्टी संसदीइ दलको कार्यालयमा दिउँसो २ बजेका लागि बैठक बोलाइएको छ । आगामी माघ १८ गतेका लागि बोलाइएको संसदको हिउँदे अधिवेशनका विषयमा धारणा तय गर्न बैठक बोलाइएको नेताहरुले बताउका छन् ।
सरकारले केही विधेयक संसदमा पेस गर्ने तयारी गरेको छ। संसदबाट विधेयक छिटो पारित गर्ने तयारी सत्तारुढ दलको छ । बैठकमा सरकारले ल्याएका अध्यादेश, अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयक तथा यसअघि प्रस्तुत भएका विधेयकका बारेमा छलफल हुने बताइएको छ ।
यसअघि माघ ३ गते कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बसेको थियो। देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकले सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई प्रभावकारी हिसाबले काम गर्न निर्देशन दिएको थियो।

























