सभामुखलाई विपक्षीले गराए ध्यानाकर्षण

Share this
659shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १३, आइतबार १६:४४

काठमाडौं । विपक्षी दलहरुले सभामुख देवराज घिमिरेलाई सरकारले ल्याएको अध्यादेशका बारेमा ध्यानाकर्षण गराएका छन् ।

संसदको आगामी माघ १८ गतेदेखि सुरु हुने हिउँदे अधिवेशन तथा बैठक सञ्चालनको विषयलाई लिएर प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग घिमिरेले आइतबार छलफल गरेका थिए । हिउँदे अधिवेशनमा कसरी बढीभन्दा बढी विजनेस ल्याउन सकिन्छ र कार्यव्यवस्था तथा परामर्श समितिमा के कस्तो एजेन्डा राख्न सकिने विषयमा सभामुखसँग छलफल भएको नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले बताए।

सभामुख घिमिरेले संसद बैठकलाई प्रभावकारी बनाउने विषयमा उनीहरूसँग सुझाव मागेका थिए। प्रमुख सचेतक पाण्डेले संसद छलेर सरकारले अध्यादेश ल्याएकोप्रति सभामुखको ध्यानाकर्षण गराएको जानकारी दिए ।

संसदको समितिमा रहेको विधेयक फिर्ता नलिइकन अध्यादेश ल्याउनु गलत रहेको जानकारी सभामुखलाई गराइएको उनको भनाइ छ । ‘हामीले अझ अध्यादेशको कन्टेन्टमा केही भनेका छैनौं। अध्यादेशको कन्टेन्टमा संसदमै कुरा राख्छौं। तर, यस विषयमा संसद सचिवालयले पनि सरकारलाई सचेत गराउनुपर्थ्यो,’ उनी भन्छन् ।

उनका अनुसार प्रतिपक्षी दलका प्रमुख सचेतकहरूले कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा कार्यतालिका बनाएर अघि बढ्न सभामुखलाई सुझाव दिएका छन् । सभामुख घिमिरेले सत्तापक्ष दलका प्रमुख सचेतकरूसँग पनि छलफल गरेका थिए।

छलफलपछि एमालेका प्रमुख सचेतक महेश बर्तौलाले माघ १८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्ने जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.