कोशीमा मन्त्रिपरिषद् बैठक, के भयो निर्णय ?

Share this
767shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १४, सोमबार १८:०३
रेवतीरमण भण्डारी

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश तथा स्थानीय तहबीच समन्वय तथा विवाद समाधान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाको लागि सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ ।

प्रदेशको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति प्रदान गर्ने निर्णय लिएको हो । प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीका अनुसार यो विधेयक प्रदेशसभाबाट पास भएपछि स्थानीय तह तथा प्रदेश सरकारबीच र स्थानीय तहहरुबीचको विभिन्न खाले विवादहरु समाधान गर्न सहज हुने छ ।

सीमा, क्षेत्राधिकारलगायतका विवादहरु समाधान गर्ने गरी यो विधेयक सरकारले तयार गर्ने जानकारी उनले दिए । मन्त्री भण्डारीले भने, ‘यो विधेयकले धेरै खाले जटिलताहरु समाधान हुनेछन् । यसबाट सीमा विवाद र कुनै पनि पालिकामा रहेका सीटी रिक्साहरू अर्को पालिकामा जान नदिनेजस्ता समस्याहरु पनि समाधान हुनेछन् ।’

त्यस्तै मन्त्रिपरिषद् बैठकले विद्यालय नर्सिङ सेवा कार्यक्रम सञ्चालन कार्यविधि, २०८१ स्वीकृत गरेको छ। साथै, बैठकले भारतमा माघ २८ देखि फागुन ९ गतेसम्म सञ्चालन हुने ‘ट्रेनिङ प्रोग्राम फर जुरिकल अफिसियर्स फर्म अफिस अफ दी अथोरिटी जेनेरल’का रूपमा जानका लागि कोशी प्रदेशका मुख्य न्यायाधिवक्ता नारायण वस्तीलाई स्वीकृति प्रदान गरिएको भण्डारीले बताए ।

तपाइको प्रतिक्रिया
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.