
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलरको मूल्य बढेको छ । मंगलबार पनि भाउ बढेको थियो ।
अमेरिकी डलरसँगै चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, हङकङ डलर, कुवेती दिनार, ओमनी रियालको भाउ पनि बढेको छ । युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्विस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानी येन, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्विडिस क्रोनर, डेनिस क्रोनरको मूल्य भने घटेको छ ।
त्यस्तै, केही विदेशी मुद्राको भाउ भने स्थिर छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ १४ पैसा र बिक्रीदर एकसय ३८ रूपैयाँ ७४ पैसा कायम गरिएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४४ रूपैयाँ ०५ पैसा र बिक्रीदर एक सय ४४ रूपैयाँ ६८ पैसा तथा युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७१ रूपैयाँ ७८ पैसा र बिक्रीदर एक सय ७२ रूपैयाँ ५३ पैसा निर्धारण गरिएको छ ।
स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५२ रूपैयाँ ४६ पैसा र बिक्रीदर एक सय ५३ रूपैयाँ १२ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ३२ पैसा र बिक्रीदर ८६ रूपैयाँ ६९ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिददर ९५ रूपैयाँ ८६ पैसा र बिक्रीदर ९६ रूपैयाँ २८ पैसा एवं सिंगापुर डलर एकको खरिददर एक सय ०२ रूपैयाँ १९ पैसा र बिक्रीदर एक सय ०२ रूपैयाँ ६३ पैसा कायम गरिएको छ ।
जापानी येन १० को खरिददर आठ रूपैयाँ ८९ पैसा र बिक्री दर ०८ रूपैयाँ ९३ पैसा तथा चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ०५ पैसा र बिक्रीदर १९ रूपैयाँ १३ पैसा तोकिएको छ । साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ८३ पैसा र बिक्रीदर ३६ रूपैयाँ ९९ पैसा तथा कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ८९ पैसा र बिक्रीदर ३७ रूपैयाँ ७७ पैसा निर्धारण गरिएको छ ।
थाई भाट एकको खरिददर चार रूपैयाँ ०८ पैसा र बिक्रीदर चार रूपैयाँ १० पैसा तथा युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ६१ पैसा र बिक्रीदर ३७ रूपैयाँ ७७ पैसा छ । मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ४५ पैसा र बिक्रीदर ३१ रूपैयाँ ५८ पैसा एवं साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ५६ पैसा र बिक्रीदर नौ रूपैयाँ ६० पैसा तोकिएको छ ।
स्विडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ५५ पैसा र बिक्रीदर १२ रूपैयाँ ६१ पैसा तथा डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ३० पैसा र बिक्री दर १९ रूपैयाँ ३९ पैसा तोकिएको छ । हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ७३ पैसा र बिक्रीदर १७ रूपैयाँ ८१ पैसा एवं कुवेती दिनार एकको खरिददर चार सय ४७ रूपैयाँ ९८ पैसा र बिक्रीदर चार सय ४९ रूपैयाँ ९३ पैसा कायम गरिएको छ ।
बहराइन दिनार एकको खरिददर तीन सय ६६ रूपैयाँ ४२ पैसा र बिक्रीदर तीन सय ६८ रूपैयाँ ०१ पैसा तथा ओमनी रियाल एकको खरिददर तीन सय ५८ रूपैयाँ ८१ पैसा र बिक्रीदर तीन सय ६० रूपैयाँ ३६ पैसा छ । यस्तै, भारतीय रूपैयाँ एक सयको खरिददर एक सय ६० रूपैयाँ र बिक्रीदर एक सय ६० रूपैयाँ १५ पैसा निर्धारण भएको छ ।
राष्ट्र बैंकले विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने उल्लेख गरेको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने छ । अद्यावधिक विनिमयदर राष्ट्र बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने छ ।

























