
काठमाडौं । वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका काम गरिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
बुधबारदेखि काठमाडौंमा सुरु भएको प्रथम युवा कानुन व्यवसायी सम्मेलनको उद्घाटन गर्दै उनले भ्रष्टाचार नियन्त्रणका लागि सरकारले काम गरिरहेको बताएका हुन् ।
उनले आफूले थाहा पाएसम्म भ्रष्टाचार हुन नदिने र भए नियन्त्रण गर्ने बताए ।
भ्रष्टाचार नियन्त्रण गर्ने विषय स्टन्टबाजी मात्रै नभएको उनको भनाई छ ।
‘भ्रष्टाचार नियन्त्रण गर्नै पर्दछ । अहिलेको वर्तमान सरकार जसको नेतृत्व मैले गरिरहेको छु । म भ्रष्टाचार गर्दिन, अरूलाई पनि गर्न दिन्न भनेको छ,’ उनले भने,‘थाहा पाएसम्म, जाने बुझेसम्म । कहाँ कहाँ भएको छ कहाँ कहाँ भएको छ, थाहा पाएसम्म भ्रष्टाचार हुन दिन्न । भए नियन्त्रण गर्दछु ।’

























