
विराटनगर । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको पदाधिकारीमा विराटनगरका दुई विद्यार्थी नेता निर्वाचित भएका छन् ।
३२ वर्षे उमेर हद लागु भएपछि भएको अखिल क्रान्तिकारीको निर्वाचनमा केन्द्रीय कमिटीको उपाध्यक्ष (मधेशी) अभिमन्यू यादव निर्वाचित भएका हुन् । सचिव (मधेशी)मा अमर मण्डल निर्वाचित भएका हुन् ।
मधेशी उपाध्यक्ष निर्वाचित अभिमन्यूले ५७५ मत प्राप्त गरे । उनका निकटमत प्रतिद्वन्द्वी शिवम साहले ४२९ मत प्राप्त गरे ।
मधेशी सचिवमा ५२७ मतसहित अमर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी श्याम साहले ३०१ मत प्राप्त गरेका थिए ।
केन्द्रीय सदस्यमा विराटनगरबाट तीन जना निर्विरोध निर्वाचित भएका छन् । विराटनगरबाट सिमान्त लुइँटेल, उमेश सेन्चुरी र स्मृति तिम्सिना निर्विरोध निर्वाचित भएका हुन् । अखिल (क्रान्तिकारी)को केन्द्रीय अध्यक्षमा विजय प्रकाश सापकोटा निर्वाचत भएका थिए ।

























