प्रेस चौतारी सुनसरीको अध्यक्षमा विकास चाम्लिङ

Share this
730shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ १८, शुक्रबार ०८:३५

विराटनगर । प्रेस चौतारी नेपाल सुनसरीको अध्यक्षमा विकास चाम्लिङ राई चयन भएका छन् । आठौं जिल्ला अधिवेशनले राईको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।

चौतारीको उपाध्यक्षमा विकल पौडेल, महिला उपाध्यक्षमा सीमा बस्नेत, सचिवमा सुदीप पोख्रेल, सहसचिवमा लक्ष्मण कटुवाल, सन्जु राई र कोषाध्यक्षमा रोशन दाहाल चुनिएका छन् । सचिन राई, जीवन विष्ट, मित्र क्षेत्री, निर्मला पौडेल, विकी श्रेष्ठ, मौसमी कार्की, सनम तामाङ, राजन घिमिरे, आदेश गौतम, रूद्रराज शर्मा जमकट्टेल र रूपक पराजुली सदस्यमा चयन भएका छन् ।

शुभद्रा प्याकुरेल, शशि कोइराला, भोजराज श्रेष्ठ, कृष्ण बहाव (कृष्णप्रसाद भट्टराई), हिमाल दाहाल, प्रेम बास्तोला, केशव भट्टराई केन्द्रीय प्रतिनिधि परिषद् सदस्य तथा रेवती निरौला, भोला श्रेष्ठ, शैलेन्द्र चौधरी, शिशिर शीशीर भट्टराई, बावुराम खड्का, रोमा रिजाल र यशोदा सेने प्रदेश प्रतिनिधि भएका छन् ।

चौतारी सुनसरीको अधिवेशन उद्घाटन बिहीबार केन्द्रीय अध्यक्ष गणेश बस्नेतले गरेका थिए । उद्घाटन मा नेकपा (एमाले) जनसंगठन समन्वयन संयन्त्रका संयोजक एवं पार्टीका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, कोशी प्रदेश इन्चार्ज तथा संस्थापक मुख्यमन्त्री एवं एमालेका स्थायी कमिटी सदस्य शेरधन राई, प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी, पार्टी प्रदेश कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख लक्ष्मण तिवारीलगायतका नेताहरु उपस्थित थिए ।

सो अवसरमा अमर स्मृति पत्रकारिता सम्मान–२०८१ प्रेस चौतारीका केन्द्रीय सचिव एवं कोशी प्रदेश इन्चार्ज विक्रम लुइँटेललाई प्रदान गरिएको छ । पत्रकारहरु भोजराज श्रेष्ठ, वसन्त बान्तावा लगायतलाई पुरस्कृत गरिएको थियो । चौतारी सुनसरीका पूर्वअध्यक्षहरुलाई पनि सम्मान गरिएको छ ।

तपाइको प्रतिक्रिया
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.