
विराटनगर । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य प्रतितोला १ लाख ६६ हजार ९ सय पुगेको छ ।
एकै दिन तोलामा २ हजार २ सय रूपैयाँले मूल्य बढेको छ । मंगलबार तोलाको १ हजार ९ सय रूपैयाँ बढेको थियो । सुनको मूल्य दैनिकजसो उकालो लागिरहेको छ ।
चाँदीको मूल्य पनि बढेको छ । मूल्य प्रतितोला १ हजार ९ सय ७५ पुगेको छ ।

























