
काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ ।
मूल्य प्रतितोला ४ सय रूपैयाँले घटेको हो । चाँदीको मूल्य ५ रुपैयाँ बढेको छ ।
मूल्य घटेको सुन तोलाको १ लाख ६८ हजार १ रुपैयाँ भएको छ । बिहीबार १ लाख ६८ हजार ५ सय रूपैयाँ थियो ।
चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ८५ रुपैयाँ भएको छ । बिहीबार १ हजार ९ सय ८० रुपैयाँ थियो ।

























