बालविवाह सामाजिक समस्या र कानुनी अपराध हो : मुख्यमन्त्री कार्की

Share this
706shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १, बिहीबार १५:४०

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बालविवाह सामाजिक समस्या र कानुनी अपराध भएको बताएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा आज (बिहीबार) ‘बालविवाहविरुद्ध प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै उनले बालविवाहबाट उनीहरुको मानसिक एवं शारीरिक स्वास्थ्यमा गम्भीर असर पर्ने बताए । उनले बालविवाह नियन्त्रणमा सबै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकार बालविवाहको अन्त्य एवं नियन्त्रण गर्न अभियानको रूपमा नीति तथा कानुनी प्रबन्ध गरी अगाडि बढेको जानकारी दिए । उनले प्रदेशमा बालविवाह अन्तका लागि काम गरिएको बताउँदै कतिपय दुर्गम स्थानमा यो समस्या विद्यमान रहेकाले नियन्त्रण गर्न सुरक्षा निकाय एवं समाज चनाखो भएर लाग्नुपर्ने आवश्यक्ता औंल्याए ।

हस्ताक्षर कार्यक्रममा प्रदेश सरकारका मन्त्री प्रमुख सचिव, सचिव एवं सामाजिक अभियन्ता र विद्यालयका बालबालिकाको उपस्थिति रहेको थियो।बालविवाहमुक्त नेपालका लागि काम गरिररहेका ‘जस्ट राइट्स फर चिल्ड्रेन इन’ नेपालले कार्यक्रमको संयोजन गरेको हो ।

सन् २०३० सम्ममा बालविवाह मुक्त गर्ने सरकारको लक्ष्य छ । प्रतिबद्धता पत्रमा बालविवाह सामाजिक समस्या र कानुनी अपराध भएकाले हरतरहले बालविवाह समाप्त गरिने उल्लेख छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.