
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले सत्ता पक्षीय दलहरुको बैठक जारी रहेको छ ।
बैठकमा सरकारलाई समर्थन गरिरहेका राजनीतिक दलका शीर्ष नेताहरुको उपस्थिति रहेको हो ।
प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति प्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानलगायत बैठकमा सहभागी छन् ।
सरकार र संसद्का कामको प्रभावकारिता र विचाराधीन विभिन्न अध्यादेशहरूलगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।
यसअघि शुक्रबार एमाले र कांग्रेसका नेताहरू सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक भएको थियो ।

























