
दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले शक्तिमा पुगेपछि संविधान च्यात्न खोज्ने गरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । ओलीको गृहजिल्ला झापाको दमक पुगेका प्रचण्डले यस्तो बताएका हुन् ।
ओलीलाई समानुपातिक र समावेशिता मन नपरेको उनको दाबी छ ।
‘अहिलेका प्रधानमन्त्री केपी ओलीजी संविधान बनाउने बेलामा संघीयता पनि ठीक छैन, समावेशी समानुपातिक भनेर महिला, दलित, आदिवासीलाई अधिकार दिएको मन परेको छैन । के गर्नु माओवादीले आँधीहुरी ल्यायो, सबैले माने, मैले पनि मान्नैपर्यो भनेका मान्छे हुन् ,’ उनले भने,‘ उहाँ पावरमा पुगेपछि संविधान च्यात्न खोज्नुहुन्छ ।’

























