कांग्रेसको अभियान कोशीबाट सुरू गरिने

Share this
658shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन ६, मंगलबार १७:०१

काठमाडौं । नेपाली कांग्रेस पार्टीको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले ‘राष्ट्र निर्माणमा युवाको योगदान, तथ्यमा आधारित प्रचार अभियान’ भन्ने नाराका साथ प्रदेशस्तरीय अभियान सञ्चालन गर्ने भएको छ ।

पार्टी कार्यालयमा आज (मंगलबार) पत्रकार सम्मेलन आयोजना गर्दै यो जानकारी दिइएको हो । आम जनमानसमा नेपाली कांग्रेसले गरेका सकारात्मक काम तथा त्यसबाट भएका परिवर्तनवारे तथ्यगत जानकारी दिने उद्देश्यले सातै प्रदेशका राजधानीमा अभियान आयोजना गर्न लागेको केन्द्रीय सूचना, संचार तथा प्रचार विभागका सचिव गोपाल झाले बताए ।

अभियान फागुन ९ गते कोशी प्रदेशको राजधानी विराटनगर, १० गते मधेस प्रदेशको जनकपुर, १७ गते गण्डकीको पोखरा, १८ गते लुम्बिनीको बुटवल, २० गते कर्णालीको सुर्खेत र २१ गते सुदूरपश्चिमको धनगढीमा आयोजना गरिने जनाइएको छ ।

अभियानमा नेपाली कांग्रेसका सम्बन्धित प्रदेशका केन्द्रीय पदाधिकारी सदस्यहरु, प्रदेश कार्य समितिका पदाधिकारी सदस्यहरु, प्रदेशसभाका सदस्यहरु, जिल्ला कार्य समितिका पदाधिकारी तथा प्रचार विभागका प्रमुख एवं प्रवक्ताहरु, क्षेत्रीय कार्य समितिका पदाधिकारी सदस्यहरु र भ्रातृ तथा शुभेच्छुक संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरु र प्रेस युनियनलगायत विभिन्न सञ्चार कर्ममा आवद्ध सञ्चारकर्मीहरुको सहभागिता रहने जनाइएको छ ।

तपाइको प्रतिक्रिया
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.