
काठमाडौं । संविधानसभा सदस्य विदुर सापकोटाको निधन भएको छ । सापकोटा नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य थिए ।
काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–७ नौबिसे निवासी ५९ वर्षीय सापकोटाको काठमाडौंको चाबहिलस्थित हेल्पिङ ह्याण्डस् सामुदायिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । सापकोटाको आज (बिहीबार) बिहान निधन भएको एकीकृत समाजवादीका अर्का पोलिटब्युरो सदस्य टोकबहादुर वाइबाले बताए ।
वाइबाका अनुसार सापकोटा लामो समयदेखि उच्च रक्तचाप र मधुमेयको समस्याबाट पीडित थिए । फोक्सोमा समस्या भएपछि उनलाई यही फागुन ४ गते अस्पताल भर्ना गरिएको थियो । सापकोटाका पत्नी र १ छोरी छन् ।

























