पूर्वमुख्यमन्त्री भन्छन् :  मिडियाको विकासमा पार्टी र सरकारले ध्यान दिनुपर्छ

Share this
676shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन ८, बिहीबार २०:०७

विराटनगर । सञ्चार माध्यमको विकासमा पार्टी र  सरकारले सहयोग गर्नुपर्ने कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) स्थायी कमिटी सदस्य शेरधन राईले बताएका छन् ।

बिहीबार विराटनगरमा सम्पन्न नेकपा (एमाले) कोशी प्रदेश प्रचार तथा प्रकाशन विभागको दोस्रो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सञ्चार माध्ययमहरुको पछिल्लो अवस्था राम्रो नभएको बताउँदै उनले विकासमा ध्यान दिनुपर्ने बताए । उनले भने, ‘पार्टी र प्रदेश सरकारले गर्नुपर्ने दायित्वबाट पछि हट्दैन र आवश्यक सुधारको काममा सधैं तयार रहन्छ ।’

बैठकले कोशी प्रदेशमा सञ्चालनमा रहेका सञ्चार माध्ययमहरुको अवस्थाको अध्ययन र आवश्यक सुधारका लागि प्रचार विभागका प्रमुख लक्ष्मण तिवारी, उपप्रमुख भीमज्वाला राई, सचिव यज्ञ शर्मा, सदस्य मोहनकाजी न्यौपाने र सुमन पुरी रहेको पाँच सदस्यीय समिति गठन गरेको छ ।

कोशी प्रदेशमा ५ सय २९ पत्रपत्रिकाहरु र २ सय १६ अनलाईन डिजिटल पत्रिका रहेको तथ्याङक  छ । मिडियाको अवस्था र चुनौतिहरु, तिनलाई सुधारका साथै  सञ्चारमाध्ययमहरुमा काम गर्ने सञ्चारकर्मीहरुको अवस्था र भविष्यका बारेमा अध्ययन गरि प्रदेश सरकारका तर्फबाट गर्न सकिने प्रयासहरुका सम्बन्धमा सुझाव प्रस्तुत गरिने प्रचार विभाग प्रमुख लक्ष्मण तिवारीले जानकारी दिए ।

बैठकले प्रदेशमा रहेका मिडियाहरु समाज र सिंगो प्रदेशकै साझा सम्पति रहेकाले त्यसको जगेर्नामा पार्टीले विशेष योजना ल्याउनेगरी छलफल भएको प्रचार विभागका उपप्रमुख भीमज्वाला राईले बताए ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.