एमाले मोरङको १० औं अधिवेशन, प्रतिनिधि चयन आज

Share this
781shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १०, शनिबार ०९:०७

विराटनगर । सत्तारुढ दल नेकपा (एमाले) मोरङको १० औं जिल्ला अधिवेशनका लागि आज (शनिबार) प्रतिनिधि चयन गरिँदै छ ।

पार्टीको जिल्ला अधिवेशनको मिति फागुन १७ देखि १९ गतेसम्मलाई तोकिएको छ । उक्त अधिवेशनका लागि प्रतिनिधि छनोट गर्न लागिएको हो । प्रतिनिधि छान्न २०३ वटा निर्वाचन क्षेत्र तय गरिएको छ ।

मोरङका १५९ वडा, २३ जनसंगठन, १७ वटा जातीय मुक्ति समाज, ३ वटा पेसागत र १ सम्पर्क मञ्चको निर्वाचन क्षेत्र रहेको रहेको । प्रतिनिधि चयन गर्न सबै निर्वाचन क्षेत्रमा समिति बनाइएको छ ।

पार्टीको जिल्ला उपाध्यक्ष शान्तिकुमारी लिम्बूलाई भूगोल र जनसंगठन निर्वाचन क्षेत्रको प्रमुख तोकिएको छ । विराटनगर महानगरको १९ वटै वडाका निर्वाचन सम्पन्न गर्न तारानाथ निरौला र पेसाकर्मीको निर्वाचन सम्पन्न गर्नका लागि रुपनारायण मिश्रलाई जिम्मेवारी दिइएको छ ।

प्रतिनिधि चयन गर्न आज बिहान १० बजेदेखि ४ बजेसम्मको समय तोकिएको छ । एमाले केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरेले मोरङका १७ वटै स्थानीय तहका १५९ वडा, २३ वटा जनसंगठन, नेपाल उत्पीडित जातीय मुक्ति समाजका १७ वटै नगर–गाउँ कमिटी, मोरङ–काठमाडौं सम्पर्कबाट एकैदिन प्रतिनिधि चयन हुने बताए ।

उनका अनुसार २०३ वटै निर्वाचन क्षेत्रबाट ९२१ जना प्रतिनिधि चयन हुने छन् । प्रतिनिधि चयनका लागि २५ जना संगठित सदस्य बराबर ३ सिटको प्रबन्ध गरिएको छ । प्रतिनिधिमा कम्तीमा ३३ प्रतिशत महिला, १५ प्रतिशत युवा र १० प्रतिशत दलित अनिवार्य गरिएको छ ।

अनुसूची १ अनुसार जनसंगठनहरुमा ५ जना र अनुसूची २ अनुसार जनसंगठनमा ३ जना प्रतिनिधि छनोटको व्यवस्था गरिएको जानकारी घिमिरेले दिए । सम्पर्क मञ्चबाट ५ जना छनोट भएर आउने उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.