प्रधानमन्त्री पत्नी राधिकाको आत्मकथा ‘करुणा’ लोकार्पण

Share this
740shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १०, शनिबार १६:३६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्य (प्रथम महिला)को आत्मकथा ‘करुणा’ शनिबार (आज) लोकार्पण भएको छ ।

प्रधानमन्त्री ओली र प्रथम महिला शाक्य दाम्पत्य जीवनमा बाँधिएको ३७ औं  वार्षिकोत्सवका अवसरमा पुस्तक लोकार्पण गरिएको हो ।

काठमाडौंमा प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्यमा लेखक शाक्य, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवाली, साहित्यकार अमर न्यौपाने र  गायिका आनी छोइङ डोल्माले उक्त पुस्तक लोकार्पण गरे ।

पाणिनी बुक्सले उक्त पुस्तक प्रकाशित गरेको छ । लेखक शाक्यले आत्मकथामा आफ्नो दृष्टि, भोगाई र अनुभूतिसँगै प्रधानमन्त्री ओलीको संघर्ष, कठिनाई, सफलता र समाजसेवाका विषय समेटिएको बताइन् ।

पुस्तकमा शाक्यको बाल्यकाल, पढाइ, जागिर र जीवनका उकालीओराली तथा नेता ओलीसँग विवाह बन्धनमा बाँधिएपछिका अनेक प्रसंग उल्लेख छ ।

‘न म साहित्यकार, न लेखिका हुँ। त्यही पनि मनमा लागेका आफ्ना बिचारहरू कहिलेकाहीँ लेख्ने गर्थे। त्यही संग्रहलाई आज पुस्तकका रुपमा ल्याएको छु,’ शाक्यले भनिन्, ‘म बाल्यकालदेखि नै गरिब, दुःखी, रोगी असहायलाई देखेपछि चिन्तित हुन्थे । मैले प्रधानमन्त्री ओली, तत्कालीन समयको केपीसँगको विवाह पनि त्यही करुणाले गरे ।’

प्रधानमन्त्री ओली र धर्मपत्नी शाक्यबीच २०४४ साल आजकै दिन विवाह भएको थियो । त्यस अवसरमा पाणिनी बुक्सले अभिनन्दन पत्रसमेत हस्तान्तरण गरेको थियो । 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.