कुम्भबाट फर्किंदा गाडी दुर्घटनामा परी सप्तरी र सुनसरीका ४ जनाको मृत्यु  

Share this
688shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १०, शनिबार १८:४६
ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

सप्तरी । भारतको उत्तर प्रदेशको प्रयागराजस्थित महाकुम्भबाट फर्किने क्रममा गाडी दुर्घटना हुँदा ४ जना नेपालीको मृत्यु भएको छ ।

कुम्भ स्नान गरेर फर्कंदा गाडी दुर्घटना हुँदा सप्तरीको ३ जना र सुनसरीको १ गरी ४ जनाको मृत्यु भएको छ भने ७ जना नेपाली तीर्थयात्री घाइते भएका छन् । 

उत्तर प्रदेशको बाँसगाउँ थाना क्षेत्रअन्तर्गत गोरखपुर लिंक रोडमा ट्रयाक्टरको ट्रलीमा स्कारपियो गाडी शुक्रबार राति ठोक्किएर दुर्घटना भएको हो । 

दुर्घटनामा सप्तरीको कंचनरूप नगरपालिका–७ की लीलावती चौधरी र पर्शुराम चौधरी र ५ नम्बर वडाकी हरिहर देवी तथा सुनसरीको कुशाहा गाउँपालिका–१ की समतोलियादेवी यादवको मृत्यु भएको छ । 

सोही गाडीमा सवार उपेन्द्र यादव, लालु देवी, जितु यादव र मुकेया यादवसहित ७ जना घाइते भएका छन् । 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.