जागरण अभियानको उद्घाटन गर्दै प्रचण्डले भने,‘राष्ट्रिय एकताको सन्देश दिन चाहन्छौं’

Share this
727shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १२, सोमबार १६:४७

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतासँगको सम्बन्ध सुधारका लागि हुलाकी राजमार्ग केन्द्रित तराई-मधेश जागरण अभियान सुरु गरेको बताएका छन् । झापाको केचनकवलबाट अभियानको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

हुलाकी राजमार्गले तराई मधेश क्षेत्रका आदिवासी जनजातिसँग जोड्ने उनले बताए । ‘यो अभियान हुलाकी मार्गकेन्द्रित भन्यौं, त्यसमा पनि झापाको पनि सबैभन्दा होचो ठाउँबाट सुरु गर्‍यौं,’ उनले भने, ‘यसको विशेष महत्व छ । हामीले हुलाकी मार्गभन्दा यो देशको आदिवासी समुदायको उहाँहरूसँग हाम्रो सम्बन्धन सुदृढ गर्ने, सीमा क्षेत्रका मधेशी जनतासँग हाम्रो सम्बन्ध अझ सुदृढ गर्नुपर्ने आवश्यकता छ भनेरै हो ।’

उनले नेपाली कांग्रेस र नेकपा एमालेसँग गठबन्धन गरेर सरकारमा रहँदा जनतासँगको सम्बन्ध टुटेका कारण अब जनतासँग क्षमा माग्दै सम्बन्ध सुधारमा लागेको बताए ।

‘हामीलाई जनतासमक्ष जानु छ । विगतमा एमाले र कांगेससँग गठबन्धन गर्दा जनतासँगको सम्बन्धबाट विमुख हुन पुग्यौं ,’ प्रचण्डले भने, ‘‘केही फरार अभियुक्त पक्राउ भए त्यसपछि रातारात सरकार परिवर्तनको नाटक भयो, यसरी बनेको यो सरकार फेर्ने कसरतमा हामी लागेका छैनौँ । बरु, जनतामै गएर निर्वाचनबाट जनताको शक्ति लिएर एक्लै सरकार बनाउनेछौं ।’

उनले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान पनि सञ्चालन गर्ने बताए । ‘त्यसपछि मध्यपहाडी लोकमार्गमार्फत पहाडी र हिमाली क्षेत्रका जनतासँगको राष्ट्रिय एकताको सन्देश दिन चाहन्छौं ।’ उनले भने ।

प्रचण्डले वर्तमान सरकार पूँजीपतिले बनाएको आरोप लगाए । ठूला पूँजीपतिहरूले आफ्नो घरमा नेताहरु बोलाएर यो सरकार बनाएको उनको दाबी छ । ‘नेताहरूको आपसी छलफल गरेर यो बनेको होइन, ठूला पूँजीपतिहरुले आफ्नो घरमा बोलाएर बनाएको हो,’ उनले भने ।

तपाइको प्रतिक्रिया
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.