
विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उमेरले ७० केटेपनि अझै परिवर्तनको नेतृत्व गर्न सक्ने बताएका छन् ।
माओवादी केन्द्रले सुरु गरेको जनतासँग माओवादी तराई मधेस जागरण अभियान दोस्रो दिन मोरङको रमाइलोमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘७० क्रस गरेपछि फेरि एउटा ठूलो आन्दोलन नेतृत्व गर्ने आट म भित्र छ,’ उनले भने,‘ ….. म लगातार जनतालाई अपिल गर्दै हिडिरहेको छु, नत्र देश दुर्घटनामा पर्न सक्छ ।’
उनले आत्मसमीक्षासहित कमजाेरीबाट पाठ सिक्दै सच्चिएर जनताको घरदैलोमा आएको बताए ।
‘भविष्यमा म भन्न सक्दिन्, आजको समयमा माओवादी केन्द्र बाहेक अरु कसैले यो देशको राजनीतिक परिवर्तनको रक्षा गर्न सक्दैन ।’

























