केपी शर्मा ओली गणतन्त्रकाे पक्षमा छैनन : प्रचण्ड

Share this
697shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १३, मंगलबार १३:२७

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्रको पक्षमा नरहेको दाबी गरेका छन् ।

जनतासँग माओवादी तराई मधेस जागरण अभियानको दोस्रो दिन मोरङको कानेपोखरी गाउँपालिका– ६ रमाइलोमा आयोजित कार्यक्रममा उनले ओली गणतन्त्रकाे पक्षमा नरहेकाे बताएका हुन् ।

‘तपाई हामीलाई थाहा छ नि केपी जी त नेपालमा गणतन्त्र आउनु र बयलगाडा चढेर अमेरिका पुगिन्छ भन्नु एउटै हो भन्ने नेता हो,’ उनले भने,‘ उहाँ कहिल्यै गणतन्त्र बादी होइन ।’

माओवादी केन्द्रले आन्दोलनमो आधीहुरी ल्याएपछि मात्रै गणतन्त्र स्वीकार गर्न बाध्य भएको बताए । ‘ओलीले गणतन्त्रलाई मान्दीएको मात्रै हो,’ उनले भने,‘ माओवादी अलिक कमजोर भएको देखेपछि उहाँहरु कहिले संविधान संशोधनको नाममा कहिले, संसद विघटनको तरिकाबाट कहिले कुनै तरिकाबाट  यसलाई उल्टाउने दुस्साहस गरिनै रहनुभएको छ ।’

केपी ओली गणतन्त्रलाई उल्टाउने तर्फ लागेको दाबी गर्दै उनले भने,‘ उहाँहरुलाई लाग्छ संविधानको पाना जहाँ पल्टाएपनि माओवादी छ ।’

तपाइको प्रतिक्रिया
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.