विराटनगरमा महाशिवरात्रि ( फोटो फिचर ) 

Share this
693shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १४, बुधबार १८:३५

विराटनगर । महाशिवरात्रि पर्वका अवसरमा बुधबार (आज) विराटनगर महानगरपालिकाका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाएको छ । 

विराटनगरका विभिन्न स्थानमा दर्शनका लागि बिहानैदेखि भक्तजनहरूको भीड लागेको थियो ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र विराटनगरले नगरका विभिन्न भागमा महाशिवरात्रिका अवसरमा ‘शिवरात्रिको अद्वितीय महत्व’ को जानकारीका साथै प्रवचन एवं सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो ।  

प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजाआराधना गरी मनाइँछ ।

वैदिक सनातन हिन्दु धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्‍तिपूर्वक पूजाआराधना गर्दछन् ।

शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।

यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.