माओवादी केन्द्रको अभियान : सत्ताप्रति प्रचण्डको आक्रोश, जनताको साथ पाउने आश

Share this
740shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १५, बिहीबार २२:०६

विराटनगर । नेकपा माओवादी केन्द्रको हुलाकी राजमार्ग केन्द्रीत तराई मधेश जागरण अभियानका क्रममा पार्टी अध्यक्ष प्रचण्डसहित शीर्ष नेताले चार दिन कोशी प्रदेशमा बिताए । जागरणसभा र भेटघाट गर्दै चार दिन झापा मोरङ र सुनसरीमा बिताएका हुन् ।

भोलिबाट मधेश प्रदेशमा अभियान सञ्चालन हुनेछ । कोशी प्रदेशका तीन जिल्लामा प्रचण्डले सम्बोधनका क्रममा वर्तमान सत्ता गठबन्धनलाई गाली गर्न छुटाएनन् । कहिले कांग्रेस र कहिले एमालेको पक्षमा उभिदा पार्टी कमजोर भएको बताउँदै उनले अब कसैसँग गठबन्धन नगर्ने र ०८४ को चुनावमा माओवादीलाई मौका दिन आग्रह गरे ।

जनतासँग नजिक हुने प्रयास

अभियानका क्रममा प्रचण्डले नागरिकसँग नजिक हुने प्रयास गरे । पार्टीका अन्य पदाधिकारीलाई सँगै लिएर हिडेका प्रचण्डले  सभा र भेटघाटका क्रममा भाषण गरे । चार दिन स्वागत, भेटघाट र मर्निङवाकमा प्रचण्डले सर्वसाधाणसँग भलाकुसारी गरे ।

अभियानका क्रममा उनको खानपान अन्य कार्यकर्तासँग भयो । बिहीबार बिहान बर्जुमा कार्यकर्तासँग चना चिउरा खाएका प्रचण्डले देवानगञ्जमा कार्यकर्ताको घरमा दालभात खाए ।

सम्बोधनका क्रममा पनि उनले स्थानीय क्षेत्रको विषय छुटाएनन् । मन्तब्य अघि स्थानीयको समस्या र बस्तुस्थीति बारे ब्रिफिङ लिएर मात्रै बाेलेका थिए । बिहीबार बर्जु गाउँपालिकाको सुक्रबारे, बर्जुताल, देवानगञ्जको पाँचौंसिमर, हरिनगरको घुस्की, गढी, इनरुवा, कोशी गाउँपालिकामा भेटघाटमा प्रचण्डले स्थानीयको विषयलाई सम्बोधन गरे ।

अभियानका क्रममा प्रचण्डले मुस्लिम समुदायसँग निरन्तर छलफल गरे । मंगलबार मोरङमा मुस्लिम समुदायसँग छलफल गरेका उनले बिहीबार सुनसरीको घुस्कीमा मुस्लिम समुदायसँग सम्वाद गरे । मदर्सामा पुगेका उनले मौलनाबाट आर्शिवाद पनि लिए । राज्यमा पिछडि पारिएका जाति र समुदायको पक्षमा लड्ने पार्टी माओवादी मात्रै भएको बताए । माओवादी कमजोर हुँदा प्रतिक्रियावादीले खेल्न थालेको र संविधान प्रद्दत अधिकार पनि कुण्ठित गर्न खोजिरहेको बताए ।

झापाको केचनकवलको उद्घाटन सत्रदेखि चौथो दिनको सुनसरीको  इनरुवाको जागरणसभामा उनले सरकारलाई गाली गरे । ‘हामीले सुरु गरेको सुधारात्मक कार्य रोकेर सरकारले भ्रष्ट, माफिया र विचौलियालाई सहयोग पुग्ने मात्रै काम गरिरहेको छ,’ उनले भनिरहेका छन्,‘ अहिलेको सरकारले जनताले पाएको सुधारसँगै संविधानले दिएको अधिकार पनि खोस्न खोजिरहेको छ ।’

 मधेशमा जोडिए महिन्द्र

नेकपा माओवादी केन्द्रको जागरण अभियानमा नेपाल समाजवादी पार्टी (नेसपा) पनि जोडिएको छ । सो पार्टीका अध्यक्ष महिन्द्र राय यादव सुनसरीबाट अभियानमा जोडिएका हुन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य जीवन आचार्यका अनुसार यादव आजदेखि नियमित अभियानमा हिड्नेछन् ।

यादवले पनि संविधान रक्षाका लागि माओवादीको अभियानमा सँगै हिंडेको बताएका छन् । माओवादी कमजोर हुँदा संविधानको रक्षा हुन नसक्ने बताउँदै उनले माओवादी जनयुद्ध र मधेश आन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धि बचाउन लागि अभियानमा हिडेको बताए । नेसपा र माओवादी केन्द्रबीच पार्टी एकताको तयारी छ । अध्यक्ष यादवले माओवादी केन्द्रले नाम फेरेको भोलिपल्ट पार्टी एकता हुने बताए । यादव २०७९ सालको निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचित भएका थिए ।

तपाइको प्रतिक्रिया
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.