प्रधानमन्त्री विराटनगर आउँदै, सुरक्षा व्यवस्था कडा

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन १७, शनिबार ०६:५६

विराटनगर । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज (शनिबार) विराटनगर आउँदैछन् ।

एमाले मोरङको १० औं जिल्ला अधिवेशन उद्‌घाटन गर्न प्रधानमन्त्री आउने भएका हुन् । प्रधानमन्त्री आउने भएपछि विराटनगरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ । एमाले मोरङको शनिबारदेखि सुरु हुने अधिवेशन सोमबारसम्म विराटनगरको होटल मनास्लु इनमा हुने छ ।

अधिवेशनले १ सय ६५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । जिल्ला अधिवेशनका लागि ९ सय १४ जना प्रतिनिधि छानिएका छन् । जसमध्ये १७ वटा स्थानीय तहको १ सय ५९ वडाबाट ६ सय ९२ जना, २३ वटा जनवर्गीय संगठनबाट १ सय १ जना, विशेष क्षेत्रबाट २४ जना, दलित ५१ जना र मनोनित ४६ गरी ९ सय १४ जना प्रतिनिधि चयन गरिएको छ ।

एमाले मोरङका अध्यक्ष बाबुराम कार्कीका अनुसार अधिवेशनको सबै तयारी पूरा भइसकेको छ । जिल्लाको नयाँ नेतृत्व सर्वसम्मत रुपमा छनोट गर्ने अधिकतम प्रयास रहने उनको भनाइ छ ।

एमाले मोरङको अध्यक्षमा कार्कीसहित राजकुमार ओझा र अजम्बर राई आकांक्षी देखिएका छन् । नेतृत्व चयन सर्वसम्मत नभए निर्वाचन हुनेछ ।

तपाइको प्रतिक्रिया
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.