
विराटनगर । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीकाे विराटनगर भ्रमण अन्तिम समयमा स्थगित भएको छ ।
एमाले मोरङको १० औं जिल्ला अधिवेशन उद्घाटन गर्न प्रधानमन्त्री ओली आउने तयारी थियोे । तर अन्तिम समयमा उनले विराटनगर भ्रमण क्यान्सिल गरेका हुन् ।
एमाले माेरङ अध्यक्ष बाबुराम कार्कीका अनुसार अधिवेशन उद्घाटनका लागि रामबहादुर थापा बादल आइपुगेका छन् ।
























