
विराटनगर । नेकपा (एमाले) उपमहासचिव प्रदीप ज्ञवालीले एमाले र कांग्रेसबीचको ७ महिनाको सहकार्यको सकारात्मक परिणाम देखिन थालेको बताएका छन् ।
एमाले मोरङको १० औं जिल्ला अधिवेशनमा बोल्दै उनले दुई ठूला दलसँगको सहकार्यले सकारात्मक परिणाम देखिएको बताएका हुन् । उनले देशमा स्थायित्वका लागि २ दलको गठबन्धन गरेर अघि बढेको बताए ।
सरकारले सहकारी ठगीका मुद्दामा कठोर भएर काम गरिरहेको बताए । उनले सत्ताबाट बाहिरिएपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डलाई सहिद परिवारको याद आएर अभियानमा निस्किएको दाबी गरे ।
उनले जिल्ला अधिवेशनबाट सहमतिका आधारमा नेतृत्व चयन गर्न पनि आग्रह गरे । पार्टीलाई एकतावद्ध रुपमा अघि बढाउनका लागि सहमतिका आधारमा नेतृत्व चयन गर्न सुझाव दिए ।

























