एमाले मोरङको नयाँ नेतृत्व चयन गर्न आज मतदान, ३ सय २५ जनाको उम्मेदवारी

Share this
774shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २०, मंगलबार ०६:३०

विराटनगर । नेकपा (एमाले) मोरङको नयाँ नेतृत्व चयनका लागि आज (मंगलबार) मतदान हुँदै छ ।

प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठका अनुसार बिहान ९ बजेदेखि मतदान सुरु गर्ने तयारी छ । नेताहरुले सहमतिमा नेतृत्व चयन गर्न दबाब दिए पनि त्यो सम्भावना टरेका कारण निर्वाचन प्रक्रिया अवलम्बन गर्नुपर्ने अवस्था आएको हो ।

प्रमुख निर्वाचन अधिकृत श्रेष्ठका अनुसार सोमबार निर्वाचन सम्भव भएन । फागुन १७ गते शनिबारदेखि सुरु भएको १० औं अधिवेशन सोमबार सम्पन्न गर्ने तयारी थियो । तर, मनोनित प्रतिनिधिको विषयमा विवाद बढेपछि अधिवेशन लम्बिएको छ ।

अधिवेशनमा संस्थापन पक्षबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र ईर्जालाल राजवंशीको उम्मेदवारी परेको छ । इतर पक्षबाट अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष वान्तवा र उषा झाले उम्मेदवारी दिएका छन् । इतर पक्षको नेतृत्व नेता विनोद ढकालले गरिरहेका छन् ।

एमाले मोरङको कार्यसमिति १ सय ६५ सदस्यीय हुने छ । दुवै पक्ष पदाधिकारीदेखि सदस्यसम्म प्यानल बनाएर मैदानमा उत्रिएका छन् । अधिवेशनका लागि ९ सय ११ जना प्रतिनिधि छन् । नयाँ नेतृत्व चयानका लागि प्रतिनिधिले मतदान गर्ने छन् ।

३ सय २५ जनाको उम्मेदवारी

अधिवेशनका लागि ३ सय २५ जनाको उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार निर्वाचनमार्फत ५ पदाधिकारीसहित १ सय ६५ सदस्यीय नयाँ कार्यसमिति चुनिने छ ।

श्रेष्ठले १ सय ६५ पदका लागि ३ सय २५ जनाको उम्मेदवारी परेको जानकारी दिए । निर्वाचन कमिटीले सोमबार राति उम्मेदवारको नामावली प्रकाशन गरेको छ ।

प्रमुख निर्वाचन अधिकृत श्रेष्ठका अनुसार मंगलबार बिहान दाबी विरोध, अन्तिम नामावली प्रकाशन र मतदानको कार्यक्रम छ । निर्वाचनको काम तीव्र गतिमा अघि बढिरहेको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.