
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भूमि सम्बन्धि अध्यादेश तत्काल अघि नबढाउन सहमत भएपछि जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन कायम राख्ने भएको छ ।
तीन दिनसम्म ललितपुरमा चलेको पार्टीको केन्द्रीय समिति बैठकले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको हो । सरकारले यसअघि ६ वटा अध्यादेश जारी गरेको थियो । जसपाले भूमिसम्बन्धी अध्यादेश फिर्ता दिन माग गरेको थियो । अन्य पाँचवटा अध्यादेशलाई समर्थन जनाएको थियो ।
केन्द्रीय समिति बैठकपछि जसपा नेपालका प्रवक्ता मनिष सुमनले सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा कुनै निर्णय नभएको र समर्थन कायमै रहेको जानकारी दिए।
बैठकले भ्रष्टाचारको अन्त्य, सुशासन कायम, विकास र संविधान संशोधनका लागि वर्तमान सरकार असक्षम रहेको निष्कर्ष निकालिएको उनले बताए ।

























