
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना दिएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले सबैलार्य शुभकामना व्यक्त गरेका हुन् । ‘आज मार्च ८, अन्तर्राष्ट्रिय महिला दिवस । सबैलाई शुभकामना,’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन् ।
‘सबै महिला तथा बालिकाको लागि अधिकार, समानता र सशक्तीकरण’ भन्ने मूल नाराका साथ आज नेपालसहित विश्वभरि नै विविध कार्यक्रमका गरेर ११५ औं अन्तर्राष्ट्रिय महिला (नारी) दिवस मनाइँदैछ ।
सन् १९७५ देखि संयुक्त राष्ट्र संघले प्रत्येक वर्ष नारी दिवस मनाउने निर्णय लिएको छ । सधैं मार्च ८ मा यो दिवस मनाउने गरिन्छ ।

























