कोशीको प्रदेशसभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

Share this
697shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २६, सोमबार १२:३८

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । मंगलबार दिउँसो बस्ने प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने भएका हुन् ।

प्रदेशसभाका कार्यबाहक सचिव गौतमराज अमात्यका अनुसार दिउँसो २ बजेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई सम्बोधन गर्ने कार्यसूची छ ।

प्रधानमन्त्रीले प्रदेशसभालाई सम्बोधन गर्ने बैठकमा सहभागी नहुने प्रतिपक्षी दलहरुले बताएका छन् । वर्तमान प्रदेश सरकार संसदप्रति उत्तरदायी नभएका कारण प्रधानमन्त्रीको सम्बोधनमा उपस्थित नहुने बताएका हुन् ।

‘सरकार संसदप्रति उत्तरदायी छैन, यस्तो अवस्थामा प्रधानमन्त्रीको सम्बोधनका बेलमा उपस्थित हुन नहुनुको अर्थ हुँदैन,’ नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले भने,‘ यथास्थितिमा प्रधानमन्त्रीको सम्बोधनका बेला संसदमा उपस्थित हुँदैनौं ।’ उनका अनुसार प्रधानमन्त्रीको सम्बोधनका विषयमा विपक्षी दलहरुसँग सरकारले कुनै छलफल गरेको छैन ।

‘ प्रमुख प्रतिपक्षी दलले बोलेको बेला मुख्यमन्त्री संसदमा आउनु भएन, अहिलेस्म्म विपक्षीले उठाएका विषयका बारेमा संवेदनशील भएर छलफलमा बस्नु भएको छैन,’संसद सरकारको कारिन्दा भएर बस्दैन उनले भने,‘ सरकारलाई संसदको जरुरत नपर्ने केबल कारिन्दा ठान्ने अनि उहाँहरुले भनेका बेला हामी उपस्थित हुनुपर्छ भन्ने कुनै बाध्यता छैन, यथास्थितिमा छलफलमा जाँदैनौ ।’

प्रदेशका प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीले संसदमा बोल्ने विषयका बारेमा संसदलाई अग्रिम जानकारी पनि माग गरेको छ ।

तपाइको प्रतिक्रिया
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.