
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली अहिले केही बेरअघि कोशी प्रदेशसभामा आइपुगेका छन् ।
प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्नका लागि उनी आइपुगेका हुन् । आज (मंगलबार) दिउँसो २ बजेलाई प्रदेशसभा बैठक बोलाइएको थियो । मोरङको सुन्दरहरैँचास्थित पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गरेर ओली विराटनगरस्थित प्रदेशसभा आइपुगेका हुन् ।
ओलीको सम्बोधनको प्रत्यक्ष प्रशारण मुलुकी खबरबाट हेर्न सकिने छ ।
























