
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेशमा गरिबी निवारण चाँडो गर्न सकिने बताएका छन् ।
कोशी प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै ओलीले गरिबी निवारण गर्न कोशीमा चाँडो गर्न सकिने बताए । २० प्रतिशतभन्दा बढी नागरिक निरपेक्ष गरिबीको रेखामुनि रहेको उनको भनाइ छ । तर, कोशी प्रदेशमा निरपेक्ष गरिबीको संख्या अलि थोरै रहेको ओलीले बताए ।
ओलीको सम्बोधन जारी छ । सम्बोधनको मुलुकी खबरबाट प्रत्यक्ष प्रशारण भइरहेको छ ।

























