देशलाई आवश्यक पर्ने श्रमिकको संख्या पर्याप्त छैन : प्रधानमन्त्री ओली

Share this
772shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २७, मंगलबार १५:५३

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई आवश्यक पर्ने श्रमिकको संख्या पर्याप्त नभएको बताएका छन् ।

कोशी प्रदेशसभालाई विशेष सम्बोधन गर्दै ओलीले मुलुकको निर्माण व्यवसायको क्षेत्रमा मात्रै २० लाख श्रमिक आवश्यक रहेको बताए । उनले भने, ‘निर्माण व्यवसायको क्षेत्रमा नै २० लाख श्रमिक चाहिएको छ । तर, ६–७ लाख मात्रै श्रमिक छन् । त्यो पनि पारिपट्टी (भारत)बाट ल्याएर काम गर्नु परेको छ ।’

ओलीले श्रमिकमा दक्षता र व्यावसायिक तालिमको अभाव रहेको बताए । ‘श्रमिकलाई व्यावसायिक तालिमको अभाव छ । जसका कारण श्रमिकले काम नपाउने समस्या छ । अनि काम पाइएन भनेर मान्छे विदेश जान्छन् । हामीले प्रयोग गर्नुपर्ने प्रविधिको प्रयोग गर्न श्रमिकले सकेका छैनन् । प्रविधिको प्रयोगमा श्रमिकलाई दक्ष बनाउन हामीले पहल गरिरहेका छौं,’ ओलीले भने ।

उनले केही गैरसहकारी तत्व सहकारीमा प्रवेश गरेको पनि बताए । ‘गैरसहकारी तत्वलाई सहकारीमा प्रवेश गर्न दिन हुँदैन थियो । त्यसले गर्दा सहकारीको बदनाम भयो,’ उनले भने । कृषि क्षेत्रलाई आधुनिकीकरण र व्यवस्थित गर्नेतर्फ सरकारले काम गरिरहेको उनको भनाइ छ ।

‘मुलुकलाई पछाडि फर्काउने हैन । अगाडि बढाउने हो । मदन भण्डारी राजमार्ग, मध्य पहाडी लोकमार्गजस्ता ठूलो आयोजनाको काम तीव्र गतिमा भइरहेको छ,’ उनी भन्छन् ।

दिगो विकास लक्ष्य भट्टका लागि मुलुकमा ४८ प्रतिशत काम अघि बढेको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.