महेन्द्र मोरङमा नेविसंघ कोइराला समूहले लगाएकाे ताला प्रहरीले फोड्यो

Share this
705shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फागुन २८, बुधबार १४:०२

विराटनगर । विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचनको विषयमा विवाद हुँदा नेपाल विद्यार्थी संघको डाक्टर शेखर कोइराला समूहले निर्वाचन कार्यालयमा आगजनी गरेर तालाबन्दी गरेको छ । बुधबार दिउँसो निर्वाचन कार्यालयमा आगजनी गरी ताला लगाएको हो । डाक्टर कोइराला समूहका विद्यार्थीले लगाएको ताला भने प्रहरीले फोडेको छ । निर्वाचन कार्यालयमा आगो लगाउँदा केही कागजात जलेका छन् ।

स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघबाट संस्थापन पक्षबाट प्रज्वल विष्ट र डाक्टर शेखर कोइराला समूहबाट योगराज दाहालले उम्मेदवारी दिएका थिए । मंगलबार अबेर राति सार्वजनिक अन्तिम उम्मेदवारको सूचीमा कोइराला समूहका उम्मेदवार दाहालकाे नाम स्वतन्त्र उम्मेदवारकाे सूचीमा थियाे । पार्टीका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवार बनाएको विरोधमा कोइराला समूहका विद्यार्थीले तालाबन्दी गरेका थिए ।

कोइराला समूहका विद्यार्थीले लगाएको ताला प्रहरीले खोलेको महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पसका निर्वाचन अधिकृत सुशील अधिकारीले जानकारी दिए । उनका अनुसार आगो चाडै निभाएका क्षति भएको छैन । ‘निर्वाचनको तयारी राम्रै छ, तर आकस्मिक रुपमा विद्यार्थीहरुले आएर निर्वाचन कार्यालयमा आगजनी र तालाबन्दी गर्नुभयो,’ उनले भने,‘ आगोले सामान्य केही कागजहरू जलेका छन् ।’

विद्यार्थीले अधिकारीलाई भित्रै राखेर बाहिरबाट तालाबन्दी गरेका थिए । त्यसपछि प्रहरीले ताला फोडेर उनलाई बाहिर निकालेको थियो ।

गत फागुन १५ गते नेविसंघ मोरङ जिल्ला सभापति सरोज पोखरेललाई महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन स्ववियु सभापति जसवन्त पौडेलसहितका समूहले क्याम्पस परिसरमा निर्घात कुटपिट गरेको थियो । त्यसपछि नेविसंघको संस्थापन र इतर समूह बीचको विवाद उग्र भएको थियो ।

महेन्द्र मोरङको स्ववियु सभापतिमा नेवि संघबाट विष्ट, अखिल क्रान्तिकारी बाट रोहित यादव, अनेरास्ववियुबाट अनिष बोगटी उम्मेदवार छन् । त्यस्तै  योगराज दाहाल, सनिम ठकुरी र अनिष राई पनि सभापतिकाे उम्मेदवार छन् ।

तपाइको प्रतिक्रिया
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.