वाइसीएलले गरे आफ्नै कार्यालयमा तालाबन्दी

Share this
682shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ४, सोमबार १४:५३

काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपालको केन्द्रीय कार्यालयमा वाइसीएलकै नेताले तालाबन्दी गरेका छन् । 

सोमबार केन्द्रीय कार्यालयमा संगठनकै वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र गुरुङ ‘कसम’ को नेतृत्व टोलीले अनिश्चितकालका लागि तालाबन्दी गरेको छ ।  

केन्द्रीय समितिको बैठक बसेको ६ दिनसम्म पनि निर्णयहरू सर्कुलर नभएको र राष्ट्रिय सम्मेलन प्रभावित पार्ने नियत देखिएको भन्दै वाइसीएल कार्यालयमा तालाबन्दी गरिएको गुरुङले जानकारी दिए ।

केन्द्रीय समितिको बैठकमा भएका निर्णयहरूलाई उल्लेख नगर्ने, नभएका निर्णय जबरजस्ती हाल्न खोज्ने, त्यसैका लागि बैठक बसेको ६ दिनसम्म पनि जारी नभएको बताउँदै, गुरुङले भने, ‘जानीजानी राष्ट्रिय सम्मेलनलाई प्रभाव पारेर सम्मेलन सार्ने नियत देखिएकोले यो सार्न पाइँदैन । निर्णय भएको कुरालाई लागू गरेर जानुपर्छ भन्ने मुख्य विषय हो ।’

तपाइको प्रतिक्रिया
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.