एकै पटक ६ संसदीय समितिको आज बैठक बस्दै

Share this
775shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ५, मंगलबार ०९:५७

काठमाडौं । संघीय संसदको ६ वटा संसदीय समितिको बैठक मंगलबार (आज) एकै पटक बस्दै छ । 

अर्थ समितिको बिहान ११ बजे बस्ने बैठकमा भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल हुनेछ ।

बिहान ११ बजे नै बस्ने सार्वजनिक लेखा समितिको बैठकमा सार्वजनिक लेखा समितिको २३ औं प्रतिवेदनको प्रारम्भिक मस्यौदा उपर छलफल, उजुरी अध्ययन तथा विविध विषयहरूमा छलफल हुनेछ । 

त्यस्तै, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बिहान साढे ११ बजे बस्ने बैठकमा नेपालमा बाँझो जग्गा, अव्यवस्थित बसोवास, भूमिहीन सुकुम्बासी, अतिक्रमित तथा हदबन्दी छुट लिएको जग्गाको अवस्था र स्वर्गद्वारी गुठी किसानका समस्या समाधानका सम्बन्धमा भएको कार्य प्रगतिलगायतका विषयमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग छलफल हुनेछ ।

बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा सरोकारवालासँग छलफल हुनेछ ।

त्यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरूको अवस्थासम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथि छलफल हुनेछ । 

यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको दिउँसो २ बजे बस्ने बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० का सम्बन्धमा दफावार छलफल हुनेछ । 

तपाइको प्रतिक्रिया
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.