महेन्द्र मोरङमा किन हार्याे नेविसंघ ?

Share this
702shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ७, बिहीबार १९:५८

विराटनगर । नेपाल विद्यार्थी संघ (नेविसंघ)को प्रभाव क्षेत्र मानिएको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका उम्मेदवार रोहित यादव विजयी भए ।

नेविसंघको प्रभाव रहेको तथा नेता उत्पादन गर्ने थलोको रुपमा परिचित महेन्द्र मोरङमा यादव विजयी हुँदा नेविसंघ उम्मेदवार प्रज्वल विष्टसँगको मतान्तर ४३ मात्रै थियो । नेविसंघभित्रकै विवादका कारण देशको प्रतिष्ठित क्याम्पसमा झिनो मतान्तरले पराजित हुनु परेको नेविसंघ संघ केन्द्रीय सदस्य अभिषेक भट्टराई बताउँछन् । ‘संगठनभित्रको विवाद समाधान नगरी चुनावमा गइयो,’उनले भने,‘ आधिकारिक उम्मेदवारविरुद्ध संगठनभित्रैबाट बागी उम्मेदवारी पर्‍यो ।’

महेन्द्र मोरङमा नेविसंघ संस्थापन पक्षबाट प्रज्वल विष्ट उम्मेदवार थिए । डाक्टर कोइराला पक्षबाट योगराज दाहालले उम्मेदवारी दिए । विष्टलाई डाक्टर शेखर कोइराला पक्षकै नेता तथा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले पनि समर्थन गरेका थिए । अर्का उम्मेदवार दाहाललाई कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा डाक्टर कोइराला पक्षका नेता केदार कार्कीले समर्थन गरेका थिए ।

कार्कीलाई डाक्टर कोइरालाले आफ्नो पक्षबाट स्ववियुको निर्वाचन हेर्ने जिम्मेवारी दिएका थिए । तर, महेन्द्र मोरङमा कार्कीले विवाद समाधान गर्न भूमिका खेलेनन् । उल्टै आफ्नो छुट्टै टिम खडा गरे । जसका कारण नेविसंघको आधिकारिक उम्मेदवार पराजित भएको नेविसंघ संस्थापन पक्षका नेताहरु बताउँछन् ।

स्ववियु सभापति निर्वाचित अखिल क्रान्तिकारी उम्मेदवार रोहित यादवले १ हजार १ सय १८ मत प्राप्त गरेका थिए । निकटतम प्रतिद्वन्द्वी नेविसंघ उम्मेदवार विष्टले १ हजार ७५ मत प्राप्त गरे । उनीहरुको मतान्तर जम्मा ४३ छ । नेविसंघ इतर पक्षबाट सभापतिको उम्मेदवार बनेका योगराज दाहालले जम्मा ६० मत प्राप्त गरे । जुन मत नेविसंघ आधिकारिक उम्मेदवारलाई हराउन पर्याप्त थियो । एमाले अनेरास्ववियु उम्मेदवार अनिष बोगटीले २ सय ३२ मत मात्रै प्राप्त गरे ।

महेन्द्र मोरङको स्ववियुमा अखिल क्रान्तिकारीले सभापति र १ जना सदस्य मात्रै जितेको छ । बाँकी पदमा नेविसंघ उम्मेदवार विजयी भएका छन् । समानुपातिकतर्फ नेविसंघले १ हजार १ सय ११ मत प्राप्त गर्दा अखिल क्रान्तिकारीले ८ सय ११ मत मात्रै प्राप्त गरेको छ ।

इतर पक्षको दाबी अनुसार ३ सय बढी भोट त नेविसंघबाट क्रस भएर क्रान्तिकारी उम्मेदवार यादवलाई गएको छ । संगठनका उम्मेदवारविरुद्धको माहोल सृजना हुनुको अर्को कारण नेविसंघ जिल्ला सभापति सरोज पोखरेलमाथिको आक्रमण पनि हो । इतर पक्षका सभापति पोखरेललाई स्ववियु सभापति जसवन्त पौडेलसहित संस्थापन पक्षका विद्यार्थीले निर्घात कुटपिट गरेका थिए ।

‘संस्थापन पक्षले पेलेर अघि बढ्यो । पेलेर अघि बढेपछिको परिणाम हो यो,’ कोइराला पक्षका एक विद्यार्थी नेताले भने, ‘हिजो जसवन्त पौडेलले सभापति जित्दा हाम्रो टिमको सचिव उम्मेदवारलाई हराएर अनेरास्ववियुका उम्मेदवार सनिम ठकुरीलाई जिताए । यसपाली हामी जित्न सक्ने अवस्थामा त थिएनौं । तर, हराउन पर्याप्त थियौं ।’

कोइराला पक्षका नेता केदार कार्की पनि महेन्द्र मोरङको विवाद समाधानका विषयमा संस्थापन पक्ष जिम्मेवार नभएको बताउँछन् ।

तपाइको प्रतिक्रिया
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.