बेलबारी क्याम्पसमा क्रान्तिकारीका कपिल विष्ट विजयी

Share this
717shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ९, शनिबार २२:१३

विराटनगर । बेलबारी बहुमुखी क्याम्पस मोरङको स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीका उम्मेदवार कपिल विष्ट विजयी भएका छन् । बेलबारीमा शनिबार नयाँ नेतृत्वका लागि मतदान भएकाे थियाे । जसमा नेकपा एमाले निकट अनेरास्ववियुका प्रशान्त पोखरेललाई ३४ मतान्तरले पराजित गर्दै विष्ट निर्वाचित भएका हुन् ।

स्ववियुको सचिवमा अनेरास्ववियुका अर्जुन कोइराला विजयी भएका छन् । कोषाध्यक्षमा क्रान्तिकारीकै नवराज थापा निर्वाचित भएका छन् ।

बेलबारी क्याम्पसमा अघिल्लो पटक नेपाल विद्यार्थी संघको नेतृत्वमा सर्वसम्मत स्ववियु गठन भएको थियो । आन्तरिक विवादको कारण यस पटक भने नेविसंघले संगठन नै दर्ता गर्न सकेन ।

बेलबारी बहुमुखी क्याम्पसहित मोरङका ११ क्याम्पसमध्ये क्रान्तिकारीले ३ आंगिकसहित ६ वटामा जित निकालेको छ । आङ्गिक क्याम्पस महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, स्नातकोत्तर क्याम्पस र विराटनगर नर्सिङ क्याम्पससहित कानेपोखरीको रमाइलो बहुमुखी क्याम्पस, बेलबारी क्याम्पस र मिक्लाजुङकाे मिक्लाजुङ क्याम्पसमा विजयी भएकाे हाे ।

अनेरास्ववियुले सुकुना बहुमुखी क्याम्पस र केराबारी बहुमुखी क्याम्पस सभापति जितेकाे छ । नेविसंघले लेटाङ क्याम्पस, उर्लाबारी र पथरी क्याम्पसकाे स्ववियु सभापति नेविसंघले जितेकाे छ ।

 हेर्नुहाेस् मतपरिणाम 

खसेको मत – ३७१

अध्यक्ष पद
१. प्रशान्त पोख्रेल – १६१
२. कपिल विष्ट – १९५ (विजयी)
सचिव पद
१. अर्जुन कोइराला – १८३ (विजयी)
२. दिपेन्द्र राई – १७०
कोषाध्यक्ष पद
१. शंकर थापा – १६८
२. नवराज थापा – १८२ (विजयी)
सदस्य
१. मनिका विष्ट – १४७
२. निराजन प्रसाई – १६३
३. विनु भण्डारी – १५३
४. शुभहाङ राई – १३८
५. दिलाशा बस्नेत – १२८
६. हिमाल आले नगर – ८७
७. सोहन लिम्बू – १७९ (विजयी)
८. ओम प्रतीक चौधरी – १६७ (विजयी)
९. विक्रम तामाङ – १६८ (विजयी)
१०. निकेश सुवेदी – १७६ (विजयी)
११. सलन राई – १७४ (विजयी)
१२. सुस्मिता थापा – १६५ (विजयी)

तपाइको प्रतिक्रिया
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.