प्रेस चौतारी महाधिवेशन : निर्वाचन माग्दै प्रतिनिधिले सुरु गरे हस्ताक्षर संकलन

Share this
718shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १०, आइतबार १७:५४

विराटनगर । नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको नेतृत्वका लागि मतदान हुनुपर्ने मागसहित हस्ताक्षर संकलन अभियान सुरु भएको छ ।

आजबाट सुरु महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । अध्यक्षमा नेकपा एमाले पार्टी नेतृत्वले हस्तक्षेप गर्दै गणेश पाण्डेलाई बनाउन निर्देशन दिएपछि प्रतिनिधिले निर्वाचनकाे माग गर्दै  हस्ताक्षर अभियान सुरु गरेका हुन् ।

प्रेस चौतारीको अध्यक्षमा उपाध्यक्ष राजेश राईको पनि दाबी छ । अर्का दाबेदार पाण्डे पनि उपाध्यक्ष नै हुन् ।

महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्न नेताहरुले दबाब दिइरहेका छन् । तर प्रतिनिधिले कार्यक्रम हल बाहिर हस्ताक्षर अभियान सञ्चालन गरेका हुन् ।

‘निर्वाचनका लागि हामीले हस्ताक्षर अभियान सुरु गरेका छौं, प्रजातान्त्रिक अभ्यास गर्नुपर्छ, २०७३ सालदेखि निर्वाचन भएको छैन,’ ताप्लेजुङबाट सहभागी प्रतिनिधि राजेन्द्र श्रेष्ठले भने,‘ चुनाव मार्फत नेतृत्व चयन गर्नुपर्छ ।’

तपाइको प्रतिक्रिया
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.