इटहरीमा राष्ट्रिय कविता प्रतियोगिता हुँदै 

Share this
732shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत ११, सोमबार १७:५४

इटहरी । सुनसरीको इटहरीमा ‘कवि नारायण पौडेल स्मृति राष्ट्रिय खुला कविता प्रतियोगिता’ हुने भएको छ । 

इटहरीको तरहरामा वैशाख १२ गते हुन राष्ट्रिय कविता प्रतियोगिताको तयारी सुरु भएको आयोजक समितिले जनाएको छ ।

श्री जनसहयोग माध्यमिक विद्यालयमा २०५० सालमा एसएलसी दिएका समूहले कविता प्रयोगिता आयोजना गर्न लागको हो । 

समूहका अध्यक्ष सन्तोष श्रेष्ठले वैशाख १२ गते हुन लागे कविता प्रतियोगितामा भाग लिनका लागि आफ्ना रचना कविता पठाउन आह्वान गरिएको छन् ।

उनका अनुसार कविता प्रतियोगितामा प्रथम हुने कविले ५१ हजार १ सय, द्वितीयले ४१ हजार १ सय, तृतीयले ३१ हजार १ सय रुपैयाँ पु्रस्कार प्राप्त गर्ने छन् भने २ जनाले प्रोत्साहन पुरस्कार  ११ हजार १ सय रुपैयाँ प्राप्त गर्ने छन् ।

त्यस्तै, प्रतियोगितामा छनोट भएका मध्ये अन्य ५ जनालाई ५ हजार १ सयसहित पुरस्कृत गरिने अध्यक्ष श्रेष्ठले बताए ।

कवि र कवितालाई समाजमा अझ परिचित बनाउने र प्रवर्धन गर्ने उद्देश्यले राष्ट्र व्यापी कविता प्रतियोगिता आयोजना गर्न लागिएको हो । 

नेपाली भाषा, कला, संस्कृति, धर्म र स्थानीय जीवनपद्धतिलाई प्रवर्धन गर्दै व्यापक बनाउने उद्देश्यले तरहरामा पहिलो पटक कविता प्रतियोगिता आयोजना गर्न लागिएको उनले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.