
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएकोमा आज (बिहीबार) राष्ट्रियसभा बैठकमा अवरोध भएको छ ।
कुलमानको पक्ष लिएर विपक्षी दलहरुले अवरोध गरेपछि राष्ट्रियसभा बैठक स्थगित भएको छ । राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले सभा सञ्चालनमा सहयोग गर्न सांसदहरूसँग आग्रह गरेका थिए।
तर, उनीहरूले निरन्तर अवरोध गरेपछि अध्यक्षले १ घण्टाका लागि बैठक स्थगित गरेका हुन्। सोही विषयलाई लिएर बुधबारको बैठकमा पनि विपक्षी दलहरूले अवरोध गरेका थिए । अवरोधपछि बैठक स्थगित भएको थियो ।
























