
काठमाडौं । वर्तमान व्यवस्थाकाे विराेधमा प्रदर्शनमा उत्रिएका राजावादीबाट निषेधित क्षेत्र तोड्ने प्रयास भएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेकाे छ ।
राजावादीहरू बानेश्वर क्षेत्रको निषेधित क्षेत्रतर्फ प्रवेश गर्न खोजेका थिए । सो क्रममा केही राउन्ड अश्रुग्यास प्रहार भए पनि अहिलेसम्म झडपको स्थिति नै भने बनेको छैन ।
























