मञ्चमा फर्किए राजावादी नेता, एकत्रित हुन थाले प्रदर्शनकारी

Share this
664shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत १५, शुक्रबार १४:२५

काठमाडौं । प्रहरीको हस्तक्षेपपछि तितरबितर भएका राजवादी नेताहरु मञ्चमा फर्किएका छन् । प्रदर्शन अराजक बन्दै गएपछि प्रहरीले बल प्रयोग गरेको थियो ।

त्यसपछि राजवादी नेताहरु स्टेज छाडेर हिँडेका थिए । नेताहरु मञ्चमा फर्किएसँगै प्रदर्शनकारीहरु पनि पुनः एकत्रित हुन थालेका छन् । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले हस्तक्षेप गर्दै लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको थियो ।

प्रहरीको हस्तक्षेपसँगै राजावादीहरूको प्रदर्शनस्थल तनावग्रस्त बन्यो । त्यसपछि मञ्च छाडेर नेताहरु सुरक्षित स्थलतर्फ गएका थिए ।

आन्दोलनका जनकमान्डर दुर्गा प्रसाईंलगायतका नेता अहिले मञ्चमा पुगिसकेका छन् । मञ्चमा पुगेर उनले अरु नेता तथा राजवादी समर्थकहरुलाई कार्यक्रम स्थलमा आउन माइकबाट आह्वान गरे । उनले संयमित भएर सभा सम्पन्न गर्न आह्वान गरेका छन् ।

प्रसाईंले प्रहरीलाई बल प्रयोग नगर्न र आफ्ना समर्थकहरुलाई पनि ढुंगामुढा नहान्न अनुरोध गरेका छन् । प्रहरीको हस्तक्षेपसँगै मञ्च छाडेर हिँडेका नेतालाई प्रदर्शनकारीले नै कार्यक्रमस्थलमा आउन आग्रह गरेका थिए ।

अर्कोतर्फ प्रदर्शनकारीले सर्वसाधारणको घर तोडफोड गरेका छन् । प्रहरीले अश्रुग्याँस प्रहार गरेपछि आक्रोशित बनेको भिड तोडफोड र हुलदंगमा उत्रिएका हो । प्रदर्शनकारीले ढुंगामुडा गर्दा केही घरका सिसा फुटेका छन् ।

व्यक्तिका घरबाट प्रहरीले अश्रुग्यास प्रहार गरेको भन्दै प्रदर्शनकारीले ढुंगा र इँटा हानेका हुन् । ढुंगामुडामा उत्रिएको समूहलाई प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउसमेत गरेको छ ।

तपाइको प्रतिक्रिया
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
खराब मौसमले विराटनगरका बिहानका सबै उडान रद्द, सयौँ यात्रु प्रभावित
इनम सापकोटा प्रकरणमा सरकारको अनुसन्धानमाथि पोखरेलको प्रश्न
कनकाईमा आगजनीबाट दुई कुन्यूको धान र पराल नष्ट
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.