
काठमाडौं । गणतन्त्र पक्षधर दलहरूको सर्वदलीय बैठकले पछिल्लो समय भएका गतिविधिको जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र शाह नै भएको निष्कर्ष निकालेको छ ।
शुक्रबार राजावादीको नाममा अमानवीय गतिविधि भएको थियो । आइतबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको गणतन्त्र पक्षधरहरूको बैठकले शुक्रबारको घटनाको जिम्मेवार पूर्वराजा शाह भएको निष्कर्ष निकालेका हुन् ।
गृहमन्त्री रमेश लेखकका अनुसार पछिल्लो गतिविधिको मुख्य जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र नै हुन् भन्नेमा सबै दलहरूको एकमत छन् । बैठकले यस्ता गतिविधि सैह्य नहुने निष्कर्ष निकालेको उनले बताए । गत चैत १५ गते तीनकुनेमा भएको घटनालाई दलहरूले ‘अमानवीय, बर्बरतापूर्वक, निर्मम प्रकृतिको’ भएको बताएका छन् ।
























