फाइल फाेटाेविराटनगर । सुनसरीकाे रिनगर गाउँपालिका– ५ मा आगलागी हुँदा २६ वटा घर टहरा जलेर नष्ट भएको छ । प्रहरीका अनुसार सोमबार दिउँसो हरिनगर गाउँपालिका– ५ मलदैया टोलमा आगलगी भएकाे थियाे । आगलागीमा सिकिन्द्र अली, जुवेर अली, सबिर मियाँ, अबुहेलाल मियाँ, ईम्तयाज मियाँ, अस्फाक आलम, अनसाक आलम, प्रवेज मियाँ, ईरफान मियाँ, कैसर आलम, पैयाज आलमको २६ वटा घर जलेकाे हाे ।
आगलागीका कारण ३१ लाख ४९ हजार बराबर क्षति भएको प्रहरीले बताएको छ ।
इस्लाम धर्मावलम्बीहरूले रमजानको समापनसँगै मनाइरहेको ‘ईद उल फित्र’ दिन आगलागी भएको थियो ।
प्रहरीका अनुसार आगलागीको कारण खुलेको छैन । दिउँसो ३ बजे सुरु भएको आगो देवानगन्ज, कोशी गाउँपालिका, इनरुवा, दुहबी नगरपालिका र इटहरी उपमहानगरपालिकाबाट आएको दमकलको सहयोगमा साढे ४ बजे नियन्त्रणमा आएको थियो ।























