
काठमाडौं । थाइल्याण्ड भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सकिएपछि शुक्रबार थाइल्याण्डको बैंककमा ओली र मोदीबीच भेटवार्ता भएको हो ।
ओली र मोदीबीच यो दोस्रो भेटवार्ता हो । यसअघि अमेरिकामा उनीहरुबीच भेटघाट भएको थियो । भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।

























